भारतीय साइकल यात्रीलाई कोहलपुरमा स्वागत


कोहलपुर – भारतको राजधानी सहर दिल्लीबाट नेपालको राजधानी सहर काठमाडौ सम्मको १०४४ किलोमीटर साइकल यात्रामा निस्किएको ७ जना साइकल यात्री र दुई अफिसियल सहित ९ जनाको टिमलाई बांकेको कोहलपुर मा नेपालगञ्ज साइक्लिङ क्लबले स्वागत गरेको छ ।

दुई देश बिचको आपसी भाइचारा र आपसी सम्बन्ध प्रगाढ गर्ने उद्देश्य सहित नेपाललाई साइकलबाट भ्रमणको कार्यक्रम आयोजना गरिएको आयोजक द पेडलर्स का रभिन्दर सिंह ओभरायले बताउनुभयो ।

आयोजक टिमका जसप्रीत सिंहका अनुसार, यो साइकल यात्रामा भारतका विभिन्न सहरबाट सहभागी मध्ये यो यात्रा को एम्बेसडरका रूपमा कनवर गिल सहभागी हुनुहुन्छ भने अन्य सहभागी मा मेघा जैन, विनिता सर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल , आसिफ मल्वासी, रबिन्दर कुमार सिंह हुनुहुन्छ ।

20 फेब्रुअरीमा दिल्लीस्थित इन्डिया गेट बाट सुरु भएको साइकल यात्रा 25 फेब्रुअरीमा नेपालको राजधानी काठमाडौ पुगेर सम्पन्न हुने नेपालगञ्ज साइक्लिङ क्लवका अध्यक्ष सतिश निराैलाले जानकारी दिनु भयाे ।


error: यो सुविधा उपलब्ध छैन !