मानखाेला कटानकाे निरीक्षण
नेपालगञ्ज – मानखोलाको कटान नियन्त्रणका लागि तत्काल काम सुरु गर्ने उद्देश्यले बाँके३(१) का सांसद रत्न खत्री शनिवार स्थलगत अनुगमन गर्नुभएको छ ।
जलश्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालयका प्रमुख पर्शुराम चौधरी र सब ओभरसियर कमल नेपालीसहित मानखोला र जेठी खोलाले बढी कटान गरेको क्षेत्रमा स्थलगत अनुगमन गरि जानकारी लिनुभयो ।
सो अवसरमा खत्रीले कटान नियन्त्रणका लागि आफू सक्रिय भएर लागेको बताउनु भयो ।