भारतबाट आएका बाँकेका १७ जनालाई कोरोना
नेपालगञ्ज – भारतबाट आएका तीन जना नेपालीलाई कोरोना देखिएको छ ।
नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बुधबार भारतका आएका ९७ जनाको जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ । कोरोना देखिनेमा बाँकेका दुई जना र एकजना जाजरकोटका रहेका छन् ।
साउन महिनामा यो नाकामा ५६ जनालाई कोरोना देखिएको छ । एक हजार आठ सय १७ जनाको जाँच गरिएको थियो । कोरोना देखिएका ५६ जनामध्ये १७ जना बाँकेका रहेका छन् । ५६ जनामध्येमा कोरोना खोप नलगाएका दुई जना थिए ।