बाँके काँग्रेसमा आन्तरिक विवाद

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको आन्तरिक विवाद बढेपपछि विवाद समाधान गर्न कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल बाँके खटाइएको छ ।

  1. जिल्ला कार्य समितिमा भएको मनोनयनको विवादका विषयमा एक पक्षले केन्द्रमा उजुरी दिएपछि विवाद बुझ्न केन्द्रिय सदस्य कँडेल बुधबार नेपालगञ्ज आउने बताइएको छ ।

बाँके जिल्ला सभापति नारायणप्रसाद गौंडेलले कार्यसमितिमा गरेको मनोनयन विधान विपरित भएको आरोप सहित केन्द्रमा उजुरी परेको कांग्रेस श्रोतले बताएको छ ।

सभापतिमा पराजित बादशाह कुर्मी पक्षले सभापति गौंडेल पक्ष अल्पमतमा रहेको दावी गर्दै जिल्ला कार्य समितिमा भएका मनोनयन विधान विपरित भएको आरोप लगाएको छ । उता सभापति गौंडेलले विधानलाई टेकेर बहुमतका साथ मनोनयन गरिएको दावी गरिरहेका छन् ।

सथानीय तहको निर्वाचन नजिकिंदै जाँदा कांग्रेस भित्रको यस्तो विवादले चुनावमा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !