पाँच जना थपिए, एघार जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा परीक्षण गर्दा एउटामा मात्रै कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा एक सय १० जनाको परीक्षण गर्दा ५ जनालाई कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ४९ जनाको जाँच गर्दा ५ जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा ४३ र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएको छैन । बुधबार कोरोना देखिएका ५ जनामध्ये दुई जना बाँके जिल्ला निवासी छन् ।
जिल्लामा बुधबार ११ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !