मान्छे खाने बाघलाई लोभ्याउन पशुको आहारा
नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाएको बाघलाई नियन्त्रण गर्न विभिन्न उपाय लगाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले बाघलाई नियन्त्रणका लागि ठाउा–ठाउामा आहारा राखेको जानकारी दिनुभयो । ‘घटनास्थल आसपासका विभिन्न ठाउामा आहारा राखेका छौं । त्यो खाना आउदा बाघलाई नियन्त्रण गर्ने रणनीति बनाएका छौं, वार्डेन शाहले भन्नुभयो, बाघ बस्तीको छेउछाउमै आइरहेकाले नियन्त्रण गर्नै पर्ने भयो ।’
बााकेको राप्तीसोनारी गाउापालिका वडा नं. १, गाभरमा सोमबार एकजनालाई बाघले खाएपछि अहिले बस्ती नै आतंकित भएको छ । स्थानीयले मान्छे खाने बाघलाई नियन्त्रण गर्न दबाब दिएका छन् । निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणका गर्नका लागि हात्तीसहितको टोली परिचालन गरेको छ । ठाउा–ठाउामा क्यामेरा जडान गरेको छ ।
बस्तीको आसपासमा दैनिक बाघ देखिन थालेपछि पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाइएको छ । मोटरसाइकल, साइकल र पैदलयात्रामा सााझ कडाई गरिएको छ भने दिउासो पनि समूहमा पठाउने गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि मध्यवर्ती क्षेत्रका बस्ती आसपासमा बाघ देखिन थालेको छ । निकुञ्जमा अहिले २१ वटा बाघ रहेको छ ।