एक सय ३० मा १८ जनालाई कोरोना पुष्टि

नेपालगञ्ज – बाँकेमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ३० जनाको परीक्षण गर्दा १८ जना संक्रमित थपिएका हुन् ।
भेरी अस्पतालमा ६६ जनाको परीक्षण गर्दा १६ जना र बागेश्वरी ल्याबमा १७ जनाको जाँच गर्दा दुई जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा ४७ जनाको परीक्षण गर्दा कोहीलाई पनि कोरोना देखिएन ।
कोरोना देखिएका १८ जनामध्येमा बाँके जिल्ला निवासी ६ जना रहेका छन् । मंगलबार बाँकेबाट ७ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !