हिसाव खोज्दै बाढीपीडित क्षेत्रीय संघर्ष समिति

नेपालगञ्ज – बाढी पीडित क्षेत्रीय संघर्ष समितिले सरकारले बाढी पीडितका लागि जिल्लामा पठाएको रकमकोे सोधीखोजी गर्ने भएको छ ।
सरकारले २०७१ सालको बाढी पीडितका लागि राहत रकम पठाएको छ । २०७१ सालको ठूलो बाढीमा पूर्ण क्षति व्यहोरेका पीडितलाई दिनका लागि फेरि जिल्लामा रकम पठाइएको छ । यसअघि पठाइएको ठूलो रकमको धेरै हिस्सा फ्रिज भएर फिर्ता गएको थियो । केही बाढी पीडितले यसअघिको वर्षमा आएको रकमबाट पहिलो किस्ता ५० हजार पाइसकेका छन् । अझै धेरैले पहिलो किस्ता पाउन सकेका छैनन् भने दोस्रो किस्ता कसैले पाएका छैनन् ।
२०७१ सालको बाढी पीडितलाई भूकम्प पीडित सरह नै तीन लाख ५० हजार राहत दिने सरकारी निर्णय रहेको छ । यो निर्णय गराउनका लागि क्षेत्रीय समितिका पदाधिकारीहरुले निरन्तर प्रयास गरेका थिए ।
बाँके, बर्दिया र दाङ जिल्लाका पीडित मिलेर क्षेत्रीय संघर्ष समिति बनाएका छन् । संघर्ष समितिका अध्यक्ष विन्तिराम थारु, उपाध्यक्ष धर्मराज खड्का, सचिव डिल्लीराज खनाल, सदस्यहरु शिवप्रसाद चौधरी, यज्ञबहादुर केसी, नारायणी चौधरी, लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंह, सचिव राजकुमार शुक्ला, सदस्य दुर्गाप्रसाद पाण्डे, मोल्हे धोवी, कपिलकुमार शाहीलगायतको उपस्थितिमा नेपालगञ्जमा बसेको बैठकले जिल्लामा रकमका विषयमा जानकारी लिने, नगरपालिका, गाउँपालिकामा रकम वितरण गरे नगरेको विवरण माग गर्ने, वितरण नगरेको भए वितरण गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !