ब्राउनसुगरसहित सल्मानी पक्राउ

नेपालगञ्ज – डुडुवाका २० वर्षीय वाजित सल्मानी १९ ग्राम दुई सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले सल्मानीलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३, उदयपुरबाट पक्राउ गरेको हो । बाटोमा हिडिरहेका सल्मानीलाई शनिबार साँझ शंका लागेर जाँच गर्दा उनले लगाएको जिन्स पाइन्टको बाया गोजीमा ब्राउनसुगर बरामद भएको प्रहरीले बताएको छ ।
ब्यूरोले सल्मानीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाइदिएको छ ।
कोरोना कहरले नाकामा आवतजावतमा कडाई भइरहदा कारोबारीले लागु औषधी ब्राउनसुगरको ओसारपसार गरिरहेको प्रहरीले पक्राउ गरेका घटनाहरुले देखाएको छ । सीमावर्ती शहर नेपालगञ्जमा ब्राउनसुगर बोकेर भारतीय नै आउँछन् भने यताका कारोबारी सीमापारी नै पुग्ने गर्दछन् । नाकामा खटिएको ब्यूरोको टोलीले विशेष सूचनाको आधार र नाकामा चेकजाँच गर्दा ठूलो मात्रामा ब्राउनसुगर बरामद गरिरहेको छ । ब्राउनसुगरको धन्धा कोरोना कहरमा पनि रोकिएको छैन । भारतबाट नेपालगञ्ज हुँदै पहाडी जिल्लाहरुमा लागु औषधी पुग्ने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !