खजुराका कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना संक्रमित ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नं. २ का ४२ वर्षीय पुरुषको गएराती १० बजे मेडिकल कलेज, नेपालगञ्जमा मृत्यु भएको हो ।
स्वास्थ्य समस्या भएपछि मेडिकल कलेजमा ल्याइएका उनलाई बैशाख १ गते नै कोरोना पुष्टि भएको थियो ।
पछिल्लो दिनमा बाँकेमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले पछिल्लो सात दिनमा ३ सय ६६ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यसमा ६२ महिला र ६१ जना पुरुष रहेका छन् ।
दैनिक ठूलो संख्यामा संक्रमित थपिदै गर्दा भेरी अस्पताल, नेपालगञ्जमा राख्ने ठाउँको अभाव भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !