२ नम्बर प्रदेशको पहिलो जीत

नेपालगञ्ज – नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा २ नम्बर प्रदेशले पहिलो जीत निकालेको छ ।
चौथो खेल खेलेको २ नम्बर प्रदेशले कर्णाली प्रदेशलाई १–० गोलले पराजित गरेको हो । २ नम्बर प्रदेश ३७ मिनेटमा पाएको पेनाल्टीबाट अग्रता लिएको थियो । भुवन बस्नेतले गरेका थिए । त्यसपछि गोल हुन सकेन ।
दुवै टोलीले अहिलेसम्म जीत निकाल्न सकेका थिएनन् । कर्णाली यसअघि दुई खेलमा पराजित हुँदा एकमा बराबरी भएको थियो । उसको खातामा एक अंक रहेको छ । २ नम्बर प्रदेशले चौथो खेलमा आएर तीन अंक जोडेको छ ।
खेलको अन्तिमतिर फाउलको विषयलाई लिएर कर्णालीका व्यवस्थापक विकास शाहीले असन्तुष्टि जनाएर रिस देखाएपछि रेफ्री श्याम दनुवारले उनलाई रातो कार्ड देखाएका थिए । एन्फा लिगको यो पहिलो रातो कार्ड हो । खेलमा कर्णालीका युद्ध शाही म्यान अफ द म्याच भएका छन् ।
सुदूरपश्चिम लिगको शीर्ष स्थानमा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !