महानगरपालिकाको लाइनमा नेपालगञ्ज

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।
महानगरपालिकाका लागि डीपीआरसँगै एकीकृत विकास योजना समेत तयार भइरहेको छ । नगर प्रमुख डा. धवलशमशेर राणाका अनुसार, बुधबार यसै सन्दर्भमा पारम्भिक तयारी तथा छलफल सम्पन्न भएको छ ।
नगर प्रमुख राणाले राजनीतिक पार्टीको आवद्धता भन्दा माथी उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन सुझाव दिनुभयो । आम नागरिकहरु आप्mनो शहरलाई महानगरपालिका बनाउन इच्छुक भएपनि राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरु भविष्यको राजनीतिक पदलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्वपूर्ण हुने राणाले बताउनुभयो ।
डीपीआरको काम गरिरहेको संस्था अपडेनका मनिषराज जोशीले प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडाध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति थियो । टोलीले वडा तहसम्म पुगेर पनि काम गर्नेछ ।


error: यो सुविधा उपलब्ध छैन !