एपीएफलाई पीएम कपको उपाधी

नेपालगञ्ज – सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ ।
डिफेन्डिङ च्याम्पियन पुलिस क्लवलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधी जितेको हो । उपाधी जितेसँगै एपीएफले पाँच लाख रुपैया पुरस्कार पाएको छ ।
एपीएफ र पुलिस यस तीन÷तीन खेल जित्दै फाइनलमा पुगेका थिए । फाइनलमा एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित ग¥यो । दोस्रो भएको पुलिसले दुई लाख रुपैया हात पारेको छ ।


अर्को खेलमा न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । न्यू डायमण्डले लुम्बिनीलाई २५–१६, २५–११ र २५–१३ ले पराजित गरेको थियो । तुलनात्मक रुपमा कमजोर रहेको लुम्बिनीविरुद्ध न्यू डायमण्डले दोस्रो रोजाईका खेलाडीलाई उतारेको थियो । न्यू डायमण्डले एक लाख रुपैया पुरस्कार पायो ।
प्रतियोगितामा त्रिभुवन आर्मी चौथो भएको छ । उसले ५० हजार रुपैया पुरस्कार पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भइन् । उनले २५ हजार रुपैया पुरस्कार पाइन् । त्यस्तै, वेष्ट स्पाइकर पुलिसकी निशा भण्डारी, वेष्ट ब्लकर एपीएफकी हिरा केसी, वेष्ट सेटर पुलिसकी कमला पुन, वेष्ट लिब्रो न्यू डायमण्डकी सलिना श्रेष्ठ, वेष्ट सर्वर न्यू डायमण्डकी प्रतिभा माली र उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी हुन सफल भए । विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाले पुरस्कृत गरिएको थियो ।


प्रतियोगिताका विजयी टीमलाई राखेपका सदस्य सचिव रमेश सिलवाल, प्रदेश सांसद कृष्णा केसी नमुना, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, राखेपका सदस्य सुमित्रा चौधरी, नेपालगञ्जका उपमेयर उमा थापामगरलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे इण्डिया, पाँचौंमा एपीएफ र छैठौमा पुलिस प्रथम भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !