संसद विघटन, बैशाखमा निर्वाचन

नेपालगञ्ज – २०७८ को बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन हुने गरी प्रतिनिधि सभा संसद विघटन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै उक्त मिति तोक्नु भएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ बैशाख १७ गते शुक्रबार पहिलो र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रीपरिषद्को बैठकबाट निर्णय भइ सोही बमोजिम सम्मानिनीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !