४४ ग्राम ब्राउनसुगरसहित गौतम पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका इन्द्रमणि गौतमलाई ४४ ग्राम ५ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोहलपुरको एनटिभीरोडमा लागु औषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा ब्यूरो र जिप्रका टोली पुगेको थियो । प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनले लगाएको पाइन्टको गोजीमा लागु औषध ब्राउनसुगर बरामद भएको प्रहरीको भनाई छ ।
गौतम यसअघि जाजरकोटमा चरेशसहित पक्राउ परेर १८ महिना कैद भुक्तान गरेर छुटेको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !