भागेका कैदी बर्दियाबाट समातिए

नेपालगञ्ज – नेपालगञ्ज कारागारबाट भागेका कैदी बर्दियामा समातिएका छन् ।
कारागारका चौकीदार पवन पुन शुक्रबार अपरान्ह फरार भएका थिए । उनलाई प्रहरीले बर्दियाको ओरालीबजारबाट पक्राउ गरेको जनाएको छ ।
मानव बेचबिखन मुद्दामा दश वर्ष सजाय काटिसकेका पुन भागेपछि बाँके प्रहरी, कारागारमा खैलाबैला मच्चिएको थियो । कैदी पुनलाई खोज्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बर्दिया मधुवनको ओराली बजारमा हिडिरहेको अवस्थामा आज विहान ६ बजेतिर पक्राउ गरेको जानकारी दिनुभयो ।
कैदी भागेपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !