तीन हजार नौ सय ९९ ले कोरोना जिते, ४१ जना हारे

नेपालगञ्ज – बाँकेमा मंगलबार १५ जनाले कोरोना जितेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ९ महिला र ६ जना पुरुषले कोरोना जितेका छन् । कोरोना जित्नेहरु नेपालगञ्ज, कोहलपुर, खजुरा र राप्तीसोनारीका रहेका छन् ।
बाँकेमा अहिलेसम्म तीन हजार नौ सय ९९ जनाले कोरोना जितेका छन् । एक सय ४३ जना आइसोलेसनमा रहेका छन् । जिल्लामा कोरोनाबाट ४१ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ६९ जना रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !