जमुनाहामा हेल्थ डेस्क बन्दै

नेपालगञ्ज – नेपालगञ्जको जमुनाह नाकामा स्थायी रुपमा हेल्थ डेस्क स्थापना गर्ने तयारी गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार, ५० लाखको लागतमा नाकामा हेल्थ डेस्क बनाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दी समेत स्वीकृत गरिसकेको छ ।
कोभिड–१९ लगायत अन्य संक्रमक रोगको नियन्त्रणका लागि नाकामा चिकित्सक सहित स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको छ । हेल्थडेस्कमा प्रयोगशाला समेत रहने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहितको टोलीले हेल्थडेस्क निर्माण गरिने स्थानको स्थलगत अनुगमन गरि जानकारी लिएको छ ।
यसैबीच, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहितको टोलीले वडा नम्बर ४ मा रहेको शहरी स्वास्थ्य क्लिनिक र निर्माणाधिन स्वास्थ्य केन्द्र भवनको स्थलगत अनुगमन गरी जानकारी लिनुभएको छ । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत खड्काले स्वास्थ्य संस्थामा औषधीको पर्याप्तता लगायतका विषयमा स्वास्थ्यकर्मीसँग जानकारी लिनुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !