सेतीमा नेगेटिभ, भेरीमा पोजिटिभ
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कञ्चनपुरबाट उपचार गराउन आएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका वडा नं. १५ निवासी ५४ वर्षीय पुरुषको गएराती १२.३० बजे भेरीमा मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या आएपछि उनलाई सेती अस्पताल लगिएको थियो । त्यही जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आयो । स्वास्थ्यमा समस्या भइरहेपछि भेरीमा ल्याइयो । मंसीर २२ गते भेरीमा कोरोना पोजिटिभ रिपोर्ट आयो । उपचारमा रहेका उनको गएराती १२.३० बजे मृत्यु भयो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ६९ जना पुगेको छ ।