७० वर्षका महिलाले जिते कोरोना

नेपालगञ्ज – बाँकेमा ७० वर्षका दुई महिलाले कोरोनालाई जितेका छन् ।
असोज १४ गते कोरोना लागेपछि भेरी अस्पताल, नेपालगञ्जको कोरोना विशेष कक्षमा उपचार गराएका दुई बृद्धाले कोरोनालाई जितेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, बुधबार २६ जना डिस्चार्ज हुँदा ९ वर्षका बालकदेखि ७० वर्षका महिलाहरु परेका हुन् । डिस्चार्ज हुनेमा महिला १४ र पुरुष १२ जना रहेका छन् । उनीहरु कोहलपुर मेडिकल कलेज, होटल इन्द्र्रेणी, सिटी प्यालेस, होम आइसोलेसनमा बसेका थिए ।
बुधबारसम्ममा बाँकेमा एक हजार आठ सय ९९ जनाले कोरोनालाई जितेका छन् । ६ सय १ जना उपचारमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !