जनप्रतिनिधि, कर्मचारी, डाक्टर र सञ्चारकर्मी संक्रमित

 

नेपालगञ्ज – नेपालगञ्जमा जनप्रतिनिधि, नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी, मेडिकल कलेजका डाक्टर र सञ्चारकर्मीलाई कोरोना देखिएको छ ।
एकै दिन २८ जना कोरोना संक्रमित थपिदा तीन जनामात्रै क्वारेन्टाइनमा बसेका व्यक्ति परेका छन् भने बाँकी पोजिटिभका सम्पर्कमा आएका व्यक्तिहरु रहेका छन् । क्वारेन्टाइनमा बसेका खजुराका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड सदस्य, नगर प्रहरी प्रमुख, जिन्सी शाखाका कर्मचारीसहित चार जना परेका छन् । जिल्ला समन्वय समितिका कर्मचारी, निर्धन बैंकका कर्मचारी, नेपालगञ्ज–२ का ४५ वर्षीय सञ्चारकर्मी संक्रमित भएका छन् ।
सबैजसो यसअघि संक्रमित भएका व्यक्तिको सम्पर्कमा रहेका परेकाले उनीहरुको आफन्ती, साथीसंगी, सहकर्मीहरु छन् । २८ मध्ये १८ जनालाई गनापुरस्थित खुल्ला कारागारमा बनाइएको आइसोलेसन सेन्टरमा पठाइदैछ । अरुलाई लायन्स डेन्टल अस्पताल र आदर्शनगरस्थित आइसोलेसन सेन्टरमा राखिदैछ ।


error: यो सुविधा उपलब्ध छैन !