वीपीको शालिकमा माल्यार्पण

नेपालगञ्ज – प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका सभापति वीपी कोइरालाको ३८ औं स्मृति दिवस विविध कार्यक्रम गरेर मनाइएको छ ।
नेपाली कांग्रेस, बाँकेले वीपीचोकमा रहेको वीपीको शालिकमा माल्यार्पण गरेको छ । सो अवसरमा कांग्रेस जिल्ला सभापति किरण कोइरालाले वीपी कोइरालाले देखाएको बाटोमा हिड्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोपसमेत लगाउनुभयो ।
कार्यक्रममा जिल्ला उपसभापति सुनिलनरसिंह राणा, सचिव तप्त पौडेललगायतको सहभागिता रहेको थियो ।

वीपीको ३८ औं स्मृति दिवसको अवसरमा तरुण दलको अगुवाईमा नेपालगञ्जको वडा नं. १३ स्थित स्वास्थ्य चौकी परिसरमा  वृक्षारोपण गरिएको छ ।
तरुणदल बाँकेका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस, बाँके सभापति किरण कोइराला, पूर्व सभापति युवराज शर्मा, प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल र याकुव अन्सारी, पूर्व सांसद बादशाह कुर्मी, मैकुलाल बाल्मिकी, क्षेत्रीय सभापति रमेश गुप्ता, माधबराम खत्री, महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाहसहितका नेताहरुले मन्तब्य राख्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !