डिस्चार्ज भए आमाछोरी

नेपालगञ्ज – नेपालगञ्जका कोरोना संक्रमित आमाछोरी डिस्चार्ज भएका छन् । खजुरास्थित क्यान्सर अस्पतालमा रहेका उनीहरु घर जादैछन् ।
म्यान्मार (बर्मा) बाट आएका ४५ वर्षीया आमा र २२ वर्षीया छोरी नेपालगञ्ज–१४ का हुन् । उनीहरुको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दा स्वाव लिइएको थियो । रिपोर्ट पोजिटिभ आएपछि खजुरा लगिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, अब जिल्लाका आइसोलेसनमा २० जना संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !