कोहलपुरका ३९ वर्षीयमा कोरोना

नेपालगञ्ज – बाँकेको कोहलपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. २ का ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा कोहलपुरसँगै रोल्पा, दाङ र सल्यानका दश जनामा कोरोना देखिएको छ ।
अस्पतालका अनुसार, रोल्पाको सुनिलस्मृतिका चार जना, दाङ लमहीका तीन जना र शारदा सल्यानका दुई जनामा कोरोना देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !