भेरीमा २८ जनामा देखियो कोरोना
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा २८ जनामा कोरोना देखिएको छ ।
अस्पतालका अनुसार, बर्दिया, दाङ र रोल्पाका २८ जनामा कोरोना देखिएको हो । रोल्पाका १३, बर्दियाका १० र दाङका ५ जनामा कोरोना देखिएको छ । कोरोना देखिनेमा ७ जना महिला र २१ जना पुुरुष रहेका छन् ।
बर्दियाको राजापुर, गेरुवा, ठाकुरबाबा र मधुवन, दाङको टोसम र दंगीशरण, रोल्पाको रोल्पा नगरपालिकाका बिरामी छन् ।