बाँकेमा समयमा रोपाई, उत्पादन बढ्ने

नेपालगञ्ज – बाँकेमा यसपाली समयमा रोपाई भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले ८५ प्रतिशत रोपाई भइसकेको जानकारी दिनुभयो ।
समयमा रोपाई भएकाले यसपाली उत्पादन बढ्ने विश्वास गरिएको छ । कोरोनाका कारण जनशक्ति घरमा रहेको र समयमा पानी परेकाले समयमा रोपाई भएको छ । सिक्टा सिंचाई आयोजनाले आंशिक रुपमा छोडेको पानीले किसानलाई हर्षित बनाएको छ ।
बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा रोपाई हुन्छ । धान फलाई भने सन्तोषजनक देखिदैन । कृषि ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार, बाँकेमा गतवर्ष एक कठ्ठामा एक क्वीन्टल १५ किलो धान फलेको छ । जिल्लामा औसतमा एक कठ्ठामा डेढ क्वीन्टल धान फल्ने गर्दछ ।
सिंचाई र जनशक्ति नहुनु, मलबिउ समयमा नपाउनुजस्ता समस्याले बाँकेमा धानको उत्पादन राम्रो हुन सकेको छैन । भएका खेतमा पनि रुख रोप्ने, घडेरीको रुपमा विकास गर्ने परिपाटीले धान उत्पादन घट्दो रहेको छ । जोत्नेको भन्दा जमिन्दारसँग धेरै जमिन भएकाले हुनुपर्नेजति स्याहार भएर धान उत्पादन हुन सकेको छैन ।
परीक्षणको रुपमा छोडिएको सिक्टाको पानी सदाबहार छोड्न सकेमा आगामी वर्षदेखि धान उत्पादन राम्रो हुने विश्वास गरिएको छ । बाँकेको भविष्यसँग जोडिएको सिक्टाले ४३ हजार हेक्टरमा सिंचाई पु¥याउने सम्बद्धहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !