जेसीजको रक्तदान

नेपालगञ्ज – नेपालगञ्ज जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् ।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीज आस्था पाठलाई आत्मसाथ गर्दै वर्तमान समयमा रगतको अभाव भएको र यसलाई केही मात्रामा पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको नेपालगञ्ज जेसीजका अध्यक्ष प्रज्वलकुमार श्रेष्ठले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार कार्यालय, नेपालगञ्जसँगको समन्वयमा शनिबार नेपालगञ्जमा रक्तदान गरिएको नेपालगञ्ज जेसीजका स्वास्थ्य संयोजक प्रेमा शाहीले जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा क्रियाशील युवाहरुले रक्तदान गरेका छन् । कोरोनाका कारण रक्तदाताहरु स्वस्फूर्त रगतदान गर्न नआएपछि रगत अभाव हुन नदिन रक्तदान गरिएको शाहीले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !