रावतको अध्यक्षतामा टोल विकास समिति गठन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा शनिबार टोल विकास समिति गठन भएको छ ।
उपमहानगरपालिकामा बसोबास गरिरहेका नगरवासीले टोलको विकास निर्माण र सामाजिक गतिविधि अघि बढाउन सहज हुने भन्दै समिति गठन गरेका छन् ।
वडा नं. ६ स्थित हुलाकी राजमार्गको उत्तर वडा नं. १९ को दक्षिण, वडा नं. २२ को पश्चिम, वडा नं. ४ को पूर्वको क्षेत्रमा बस्ने स्थानीयवासीले गत साता पहिलो चरणको छलफल गरेका थिए । शनिबार सम्पन्न टोल भेलाले ईश्वरी रावतको अध्यक्षतामा १३ सदस्यीय टोल विकास समित गठन गरिएको छ ।
उपाध्यक्ष प्रवजन शाही, सचिबमा पार्वती विसी, सहसचिवमा चन्द्रकला राना, कोषाध्यक्षमा सरिता कुमारी बाठा रहेका छन् ।
वीरबहादुर हमाल, बिकास परियार, निर्मला बिस्ट, कल्पना जैसी,,सरिता केसी अधिकारी, नन्दकला नेपाली, टीका गिरी, सुष्माकुमारी गुरुङ सदस्य चयन भएका छन् । समितिले टोलको नाम सुन्दर टोल बिकास राख्ने गरी वडा कार्यालयसँग समन्वय गर्ने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !