छाडा पशु कान्जीहाउसमा, पर्खाल सेटलडाउन !

नेपालगञ्ज – नगर क्षेत्रमा रहेका सय भन्दा बढी छाडा चौपायालाई कान्जीहाउस पु¥याइएको छ ।
बजारमा छाडा छोडिएका १ सय १४ वटा पशुलाई शनिबार कान्जीहाउस पु¥याइएको हो । सडकमा रहदा दुर्घटनाको जोखिम बढेपछि छाडा पशुलाई कान्जीहाउस लगिएको थियो । छाडा पशुले धानमा नोक्सानी पु¥याउने जोखिम पनि रहेको थियो ।


बजारमा रहेका छाडा पशुलाई कान्जीहाउसमा पु¥याउने हो भने त्यहाँ चाप बढ्ने निश्चित छ । यता, कान्जीहाउसका संरचना भत्किन थालेका छन् । हालै निर्माण सम्पन्न भएको पर्खालको जगमा सेटल डाउन भएको छ । कान्जीहाउसमा जम्मा हुने बर्षाको पानीको निकास ब्यवस्थापन हुन सकेको छैन । कान्जीहाउस भित्र भिरालो जमिन सतहका कारण बर्षाको पानी निकाससँगै पर्खालमा गुणस्तरको सिमेन्ट बालुवाको कमसल जोडाई गरिएको देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !