खजुरामा तीन जना थपिए
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा थप ६ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा बाँकेका खजुराका तीन जना छन् । रोल्पाका दुई र बर्दियाका एकजना रहेको अस्पतालले जनाएको छ ।
खजुरा गाउँपालिका वडा नं. ७ का दुई जना ३० र १५ वर्ष, वडा नं. ४ का ३८ वर्षका पुरुषमा कोरोना देखिएको हो ।
त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका वडा नं. ३ का १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । रोल्पाको सुनिलस्मृति–५ का २७ र २० वर्षका पुरुषमा कोरोना देखिएको भेरी अस्पतालले जानकारी दिएको छ ।