अरु दश जनाको परीक्षण

नेपालगञ्ज – भारत तथा तेस्रो मुलुकबाट आएका थप दश जनाको स्पाम्पल संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
शनिबार स्याम्पल पठाइएकोमा पाँच जना कतार, मलेसिया दुई जना, दुबई एकजना र दुई जना भारतबाट आएका थिए । ६ जनाको १३ गते र चार जनाको शनिबार नै स्याम्पल संकलन गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले थप १० जनाको स्याम्पल काठमाठौं पठाइएको जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको जहाजबाट नेपालगञ्जलगायत यस क्षेत्रकै स्याम्पल काठमाडौं पठाइएको हो । सरकारले बुटवल भन्दा पश्चिमको स्याम्पल संकलनका लागि नेपालगञ्जमा नेपाल एयरलाइन्सको जहाज पठाउने गरेको छ ।
औषधी बोकेर स्याम्पल लिन आएको नेपाल एयरलायन्सको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेपछि अर्को जहाज नेपालगञ्ज आइपुगेको थियो । जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार, बाँकेबाट अहिलेसम्म २३ जनाको स्याम्पल पठाइएको छ । त्यसमा सात जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने अरुको रिजल्ट आइसकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !